काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। 

सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको हो।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

त्यसपछि खेलको ११२औँ मिनेटमा अर्जेन्टिनाको लागि लाउटारो मार्टिनेजले गोल गरे। उनले गरेको उक्त गोल नै निर्णयक बन्यो।

यस खेलमा कप्तना लियोन मेस्सी ६६औँ मिनेटमा घाइते हुँदै मैदान छाडेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको