काठमाडौं । भारतले जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारत २३ रनले विजयी भयो।
यो जितसँगै भारत पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ। यसअघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाब्वे विजयी भएको थियो। अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ।
भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिमबाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो।
जिम्बाब्वेका लागि डिओन मेयर्सले सर्बाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए। त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्बाधिक ३ विकेट लिए भने अभेश खानले दुई तथा खलील अहमदले एक विकेट लिएका थिए।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो।
भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए। त्यस्तै जिम्बाब्वेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले दुई/दुई विकेट लिएका थिए।



