काठमाडौं । पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

फ्रान्कफर्टमा मंगलबार बिहान सम्पन्न खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पोर्चुगलका गोलरक्षक कोस्टाले स्लोभाकियाको तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो।

त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए। रोनाल्डोको प्रहारलाई स्लोभानियाका कप्तान यान ओब्लाकले विफल पारेका थिए।

पेनाल्टीमामा स्लोभानियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे। लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे। कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे।

जितसँगै पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले बेल्जियमलाई १-० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको