काठमाडौं । कोपा अमेरिका २०२४ मा भेनेजुयला शतप्रतिशत जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यू टू स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा जमौकालाई ३–० गोलअन्तरले पराजित गर्दै भेनजुएलाले समूह ‘बी’ मा शतप्रतिशत जित हासिल गरेको हो।

भेनेजुएलाले यसअघि मेक्सिकोलाई १–० र इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। भेनेजुएलाले यस समूहबाट नौ अंक जोड्यो। जमौका भने अंकविहीन रह्यो।
तीनवटै गोल खेलको दोस्रो हाफमा भएको थियो।





