काठमाडौं । श्रीलंकामा हुने एसिया कपको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा हो। नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग २१ जुलाई अर्थात साउन ६ मा श्रीलंकाको डम्बुलामा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियन भारतसँगै समूह ए मा रहेको छ। समूह ए मा नेपाल र भारतका अलावा पाकिस्तान र युएई छन्। प्रतियोगितामा नेपालको पहिलो खेल १९ जुलाईमा युएईविरुद्ध रहेको छ। उता, समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाइल्यान्ड छन्।

नेपाली टोली
(कप्तान) इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, कविता कुवँर, पुजा महत्तो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, रजमती ऐरी, कृतिका मरासनी, रोमा थापा र डोली भट्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको