जाजरकाेट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दूूल सतारले जाजरकाेटमा भूकम्पपछिकाे पुननिर्माणमा सरकार उदासिन पाइएकाे बताएका छन् । भूकम्पपछिकाे अवस्था बुझ्न जाजरकाेट पुगेका सतारले भूकम्पले पारेकाे असरका केही तस्विर सार्वजनिक गर्दै पुननिर्माणमा गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण समेत गराएका छन् ।

`जाजरकोटमा गएको भुकम्पले गरेको क्षति । पुनर्निर्माणमा सरकार सुस्त। स्वयम् जिल्ला प्रशासनको कार्यलयको समेत पुनर्निर्माण हुन नसकेको रहेछ। सरकारले भूकम्प पीडितलाई दिने राहतमा समेत ढिलासुस्ती देखियाे,´ उनले भने ।  बर्षाको मौसम सुरु भइसकेकाले  तत्काल सरकारको ध्यानाकर्षण हुन जरुरी रहेका पनि सतारले बताए । पुननिर्माणमा ढिलाई हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता वर्षा लागेसँगै त्रासमा छन् ।

हेर्नुस् तस्विरमा-

भूकम्पपछिकाे जाजरकाेटकाे अवस्था

 

भुकम्पले भत्काएकाे घरकाे अवस्था

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको