काठमाडौं। भारतले आइसिसी टी २० विश्वकपअन्तर्गत सुपर आठमा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल नजिक पुगेकाे छ।
शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो।
यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।
भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।





