काठमाडौं । बोधी सदन सेकेण्डरी स्कुलको आयोजनमा आसर ९ गते (आइतबार) हुने अन्तर विद्यालय फुटसल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ।
खेलकुदमा नयाँ पुस्ताको उदय गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस प्रतियोगितामा छात्रा तथा छात्रको सहभागिता रहनेछ।
प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्।
प्रतियोगिताको सबै खेल बूढानिलकण्ठ नगरपालिका १२ कपन स्पोर्ट्स सेन्टरमा ९ र १० गते दुई हुनेछ।





