काठमाडौं : नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले नेपालको नियम कानुनमा रहन सबै कम्पनिहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले भारतबाट आयात गरिने आहारपुरक, न्युट्रास्युटिकल्स र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।
फर्मा इएक्सको आयोजनामा भारतको पुनेमा आजदेखि शुरु भएको दुई दिने न्युट्रास्युटिकल कस्मास्युटिकलको प्रदर्शनीमा सहभागी उहाँले भन्नुभयो–‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गराएर मात्र सामान ल्याउनुहोला ।’ उहाँले पैसाको लोभमा आहारपुरक र कस्मास्युटिकलको गुणस्तरमा सम्झौता नगर्न जिकिर गर्नुभयो ।
अध्यक्ष रञ्जितले भन्नुभयो— ‘आहारपुरक, न्युट्रास्युटिकल, कस्मास्युटिकल जनस्वास्थ्यसँग सम्बन्धित भएकाले बट्टामा लेखिए अनुसारको इन्ग्रिडेन्ट अनिवार्य हुन जरुरी छ ।’सो प्रदर्शनीमा भारतका २०० सय भन्दा बढी खाद्यपुरक, न्युट्रास्युटिकल एवं कस्मास्युटिकल कम्पनिहरुले भाग लिएका छन् ।



