शुक्रबार । गायक शान भुषालको नयाँ गीत मायाको धुन सार्वजनिक भएको छ।
पार्टी लभरलक्षित यो गीतमा गायिका रितिका श्रेष्ठका शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ।
गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ। गीतमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ। गायक भुषालकाअनुसार दोलालघाट र नगरकोटमा गीतको छायंकन गरिएको भिडियोको निर्देशन प्रदिपलामाले गर्नु भएको छ।
अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो। अर्धाखाँचीकागायक भुषाल हाल अमेरिकामा हुनुहुन्छ। गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो।करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन्।
गीतको लिंक :



