
काठमाडौं : रक्षा मन्त्रालयका सचिव किरणराज शर्मासँग अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) रहेको खबर आइरहेका बेला उनले ०७० सालमै पीआर कार्ड सरेन्डर गरेको देखिएको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार तत्कालीन ऊर्जा मन्त्रालयका सहसचिव रहेका शर्माले मन्त्रालयका सचिवलाई सम्बोधन गरी २०७० साल असोज ७ गते पत्र लेखी विभिन्न प्रमाण पेस गर्दै आफूले अमेरिकाको स्थायी आवासीय अनुमति त्यागेको जानकारी गराएका थिए ।
ततकलिन समयमा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई पत्र लेख्दै मातहतका कुनै कर्मचारीले अन्य देशको पिआर लिएको पाइए कानुन बमोजिम कारबाही गर्न भनेको थियो । जतिबेला लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री थिए । शर्मा ऊर्जा मन्त्रालयको सहसचिव थिए । त्यतिखेरै ऊर्जा मन्त्रालयले सामान्य प्रशासनलाई पत्राचार गर्दै ततकालिन सहसचिव शर्माले अमेरिकाको पिआर त्यागेको जानकारी गराएको पाइएको छ । शर्माले पिआर कार्ड सरेण्डर गरेको प्रमाण सहितको विवरण त्यति बेलै सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो ।
हाल शर्मा रक्षा मन्त्रालयमा सचिव छन् ।