काठमाडौं : नेपाली कांग्रेसकी सांसद प्रतिमा गाैतमले दृष्टिविहिनसहित सम्पूर्ण अपांगता भएका व्यक्तिहरूले बैंकिङ क्षेत्रमा
भाेगेकाे समस्या समाधान गर्न ध्यानाकर्षण गराएकी छन् । मंगलबार संसदकाे शून्य समयमा बाेल्दै सांसद गाैतमले दृष्टिविहिन अपांगता भएका व्यक्तिले हाल सम्म सहज रुपले बैंकिङ लिन नसकिरहेका भन्दै ध्यानाकर्षण गराइन् ।
`नेपालकाे कुल जनसंख्याको २.२४% जनसंख्या रहेका अपांगता भयका व्यक्तिहरू छन् । जसमा दृष्टिविहिन अपांगता भएका व्यक्तिहरूकाे समस्या धेरै र विकराल छ । जस मध्य म आज उनीहरुले भाेग्न परेका बैंकिङ समस्या अबगत गराउदँछु, ´ उनले भनिन् , `दृष्टिविहिन अपांगताभयका व्यक्ति ले हाल सम्म सहज रुपले बैंकिङ लिन सकिरहेका छैनन् ।सबैभन्दा पहिला कतिपय बैकले साक्षी बेगर खाता खाेल्न नदिने । खाता खाेले पछि पनि उनिहरु सक्षम हुदा हुदै पनि एटिएम,, माेबाईल बैंकिङ जस्ता सेवाहरु उपयाेग गर्न पाइरहेका छैनन्। दृष्टिविहिन व्यक्ति लगायत सम्पूर्ण अपांगता भयका व्यक्तिहरूलाई बैंकिङ क्षेत्रमा देखिएका समस्याहरु तत्कालै संबाेधन गराउन सरकारको ध्यानाकर्षण गराउँदछु ।´



