काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दूल सतारले
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अजहा (बकरि ईद)को शुभकामना दिएका छन् । नेपाल मुस्लिम संघका संस्थापक सभापति समेत रहेका सतारले आज बकरि ईदकाे अवसरमा शुभकामना दिएका हुन् ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इदमा आज देशभरका मस्जिदमा मनाइँदै छ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।