काठमाडौं । आसीसी टी२० विश्वकप अन्तर्गत नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको विजयी लक्ष्य पाएको छ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४९ बलमा ४३ तथा ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए। कप्तान ऐडन मारकमले २२ बलमा १५ तथा क्विटन डि ककले १० रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले चार तथा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।
दीपेन्द्रले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। दीपेन्द्रले ४ ओभरमा २१ रन दिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ४ विकेट लिएका थिए। उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए।
नेपाल दक्षिण अफ्रिकाविरुद्ध जितका साथ अर्को चरण (सुपर एट) प्रवेशको सम्भावनालाई कायमै राख्न चाहन्छ। नेपाललाई सुपर एटमा स्थान बनाउँन यो खेल साथै सोमबार हुने बंगलादेशसँगको खेल पनि जित्नु पर्ने हुन्छ।





