काठमाडौं । कोपा अमेरिका २०२४ को तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन्।

बिहिवार बिहान भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुवै टिमले एक/एक गोलको बराबरी खेलेका हुन्।

फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७औं मिनेटमा अग्रता लिएको थियो। राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, २६ औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो।

कोपा अमेरिका २१ जुनदेखि सुरु हुँदै छ। समूह एमा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह डीमा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्ने छ।

कोपाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हो। २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपाको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको