काठमाडौं । आइसीसी टी २० विश्वकपमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर ८ मा स्थान सुरक्षित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो
१११ रनको लक्ष्य पाएको भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटमो क्षतिमा १११ रन बनाएर खेल जित्यो। भारतीय बलर अर्शदीप सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए।
लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो र विराट कोहली पहिलो ओभरमा सौरभ नेत्रावलकरविरुद्ध गोल्डेन डकमा आउट भए। नेत्रवलकरले आफ्नो अर्को ओभरमा कप्तान रोहित शर्मालाई क्याच आउट गराए र उनी ३ रन बनाएर १० रनमा दोस्रो विकेटका रूपमा आउट भए।
ऋषभ पन्तले पनि आक्रामक शैली देखाउन सकेनन् र २० बलमा १८ रन बनाएर आउट भए। भारतले ११ औं ओभरमा ५० रन पुरा गर्यो। तर, सूर्यकुमार यादव र शिवम दुबेले विपक्षी बलरको साहसपूर्वक सामना गरे। दुवैले १९ औं ओभर सम्मको नटआउट साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए।
सूर्यकुमारले ४९ बलमा ५० रन बनाएर अविजित रहे। भने शिवम दुबेले ३५ बलमा ३१ रनको अविजित इनिङ खेले। अमेरिकाका लागि सौरभ नेत्रावलकरले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ अमेरिकाको लागि कप्तान आरोन जोन्सले २२ बलमा ११ रनको इनिङ खेले। स्टिभन टेलरले २४ रन र नितिश कुमारले २७ रनको योगदान दिए भने शाडले भान शाल्कविक ११ रन बनाएर अविजित फर्किए।
भारतका लागि, अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर ४ विकेट लिए । योसँगै हार्दिक पाण्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।
यो भारतको जितले पाकिस्तानलाई फाइदा पुगेको छ। ३ खेलबाट २ अंक जोडेको पाकिस्तानको आशा पनि जीवित राखेको छ भने लगातार तीन खेल जितेको भारतको ६ अंक रहेको छ।





