काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा यमनसँग बराबरी खेलेकाे छ।

समूह “एच” मा रहेको नेपालले साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा सम्पन्न खेल २–२ गोलकाे बराबरीमा सकाएकाे हाे।

नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले गोल गरे।

खेलमा १–० गोलले पछि परेको नेपालले २–१  काे अग्रता बनाएकाे थियाे तर उक्त अग्रता अन्तिम समयसम्म जाेगाउन सकेन।

खेलको नौँ मिनेटमा यमनका लागि नासेर मोहम्मदहले पेनाल्टीमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, २२औँ मिनेटमा सञ्जिव विष्टले गोल गोल गरेपछि नेपाल १–१ को बराबरी अबस्थामा फर्कियो।

दोस्रो हाफमा ६६औँ मिनेटमा जिलेस्पी जंग कार्की गोल गर्दै खेल २१ को अग्रता दिलाए तर अतिरिक्त समयको पहिलो मिनेटमा मोहम्मदह अल दही गोल गर्दै खे २–२ को बराबरी अबस्थामा ल्याए।

यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपालले दोस्रो लेगमा भने बराबरी गरेको हो। याेसँगै नेपालले समूह “एच”  एक अंक जोड्दै विश्वकप छनोटको यात्रा सकाएको छ। यमनको पाँच अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको