ललितपुर : नेपाल विद्यार्थी संघ नेशनल ल कलेज मुल इकाई समितिले नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिलाई मेगा इन्टर्नसिप प्राेग्रामका लागि माग पत्र बुझाएकाे छ । इकाईका अध्यक्ष सञ्जित खड्काले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई माग पत्र बुझाएका हुन् ।

उनीहरूले मेगा इन्टर्नसिप प्राेग्राम अन्तर्गत नेशनल ल कलेजका सम्पुर्ण विद्यार्थीहरु लाई ललितपुर महानगरपालिकामा पेड इन्टर्नसिपको लागि ज्ञापनपत्र बुझाएको छन् । जस्मा इकाईले मुख्य रुपमा ललितपुर महानगरपालिकासंग कलेजद्वारा एमओयू गराई सम्पुर्ण विद्यार्थीहरु लाई पेड इन्टर्नसिपको सुनिश्चितताको लागी कलेज कै विद्यार्थी कल्याण परिषद र नेशनल ल कलेज संग पनि आवश्यक समन्वय गर्ने तयारी गरेको छ । अध्यक्ष शेर्पाले माग पत्र बुझ्दै नेविसंघ केन्द्रले आवश्यक पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको