काठमाडौं :गोरखा ताकुमा जन्मिएका चर्चित लोकदोहोरी गायक सञ्जय गुरुङ र चर्चित गायिक सिता गुरुङले मौलिक गीत डाँडा गाउँले नानी लिएर आएका छन् ।
दरौदीको पानीले, रेलिमई, झ्याउरे जस्ता सुपहिट गीत दर्शकमाझ पस्किइसकेका गायक सञ्जय गुरुङले डाँडा गाउँले नानी आजै रिलिज भएको हो । यो गीतले दर्शक, स्रोताको मन जित्नेमा कुनै शंका छैन । गीतमा आवाज स्वयम सञ्जय र सिताको छ भने अभियन चीज गुरुङ र चाहना मल्ल, एमी गुरुङ र मनोज गुरुङको रहेको छ ।



