काठमाडौं : कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा
नेपाली महिला फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) नियुक्त भएकी छिन् । बैंकले शुकबार साम्बासँग सम्झौता गरेकाे हाे ।

सम्झौता पत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका उप-महाप्रबन्धक यज्ञ प्रसाद न्यौपाने र र साम्बाले हस्ताक्षर गरेका थिए । साम्बा र बैंक बीचको सम्झौता १ वर्षका लागि रहने छ ।
साम्बाले कार्यक्रम मार्फत अन्य कर्पोरेट हाउसहरुलाई पनि अन्य खेलाडीहरुलाई पनि उत्प्रेरित गराउनका लागि यस्तै कार्यहरु गर्न अपिल समेत गरिन् ।

कार्यक्रममा कृषि विकास बैंकका प्रवन्ध निदेशक गोविन्द गुरुङ सहित एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको पनि उपस्थिति रहेको थियो । गुरुङले बैंकको विश्वास आम जनतामाझ पुर्याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एन्फा अध्यक्ष नेम्वाङले याे सम्झाैताले महिला फुटबलकाे विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सबै व्यवसायिक घरानाले महिला फुटबललाई साथ दिए नेपाली फुटबलले अझ उचाई लिने व्यहोरा समेत उनले व्यक्त गरे ।

साम्बा हाल फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा आवद्ध छिन् । नेपाली महिला लिग हुँदै भारतीय शीर्ष डिभिजन खेलेकी साम्बा इजरायलको लिग हुँदै युरोपको शीर्ष मध्य एक फ्रेन्च शीर्ष डिभिजन पुग्न सफल खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर