काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा शनिबार उपाधि टुंगो लाग्ने भएको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार फाइनल र तेस्रो स्थानका लागि खेल हुने भएको हो।

पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यो खेल बिहान आठ बजे सुरु हुनेछ।

यो खेल सकिएसँगै पुरुषतर्फको तेस्रो स्थानका लागि विभागीय डर्बीमै एपिएफ र आर्मी भिड्ने छन्।

महिलातर्फको उपाधिका लागि दिउँसो १ बजे एभरेस्ट भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब खेल्ने छन्। यो खेल सकिएसँगै गण्डकी प्रदेश भलिबल एसोसिएसन र हेल्प नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको