जनकपुर : जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेस प्रदेशमा मुख्यमन्त्री बन्ने भएका छन्।

सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउन लागिएको जनमत पार्टीका नेता बिपी साहले बताए।

उनकाअनुसार पार्टीले सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजुकुमारी मंडल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको शपथ खुवाउने निर्णय गरेको छ।

बिहीबार बिहान १० बजे बस्ने गठबन्धन दलको बैठकबाट कुन पार्टीबाट कसलाई मन्त्री नियुक्त गर्ने निर्णय गर्ने तयारी छ।

बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको