काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले
चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भादहबाट २५ दिन पैदल यात्रा गरेर काठमाण्डौ आइपुगेको टाेलीलाई भेटेरै ऐक्यबद्धता जनाउने भएका छन् । विश्व वातावरण दिवसकाे अवसर पारेर नृता महरले माइतिघरमा धर्ना बसिरहेका सप्तरीवासीकाे मागमा ऐक्यबद्धता जनाउन लागेका हुन् ।

`चुरे तथा वनजंगल संरक्षण अभियानका अभियानकर्ता माईतीघर मण्डलामा धर्ना बसेको समेत आज १४ दिन भयो । बारम्बार तिनै तहका सरकारसँग सम्झाैता भएपनि कार्यान्वयन भने भएको छैन,´ नेता महरले भने,`अभियानलाई ऐक्यवद्दता दिँदै सरकारको पुन: ध्यानाकर्षण गराउन ऐक्यबद्धता जनाउन लागेकाे हुँ ।´ साढे १० बजे आफूहरू माइतिघर पुग्ने महरले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर