
काठमाडौं । आइसिसी टी२० विश्वकपअन्तर्गत नेपालले पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९स्१५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि टी२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्।
यी दुई टोलीबीच हालसम्म १२ टी२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन्। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।
सन् २०२१ मा भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। टी२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।