काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा आइतबार पनि ६ खेल हुने भएका छन्।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आयोजना जारी प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल हुनेछ।

पहिलो खेल महिलातर्फ एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ। यो खेल बिहान ८ बजेदेखि सुरु हुने छ। यो खेल सकिएसँगै विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रगिरि नगरपालिका न्यू डाइमन्डबीच प्रतिस्पर्धा हुने छ।

पहिलो खेलमा पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गरेको थियो। न्यू डाइमन्ड भने अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफसँग ३-२ को सेटमा पराजित भएको थियो।

दिनको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बूढानीलकण्ठ भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ। यो खेल दिउँसो १२ बजेदेखि सुरु हुने छ।

पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। बूढानीलकण्ठले भने हेल्प नेपालसँग  ३-१ को सेटमा पराजित हुँदै हारबाट प्रतियोगिता सुरू गरेको थियो।

दिउँसो २ बजे गण्डकी प्रदेश भलिबल एसोसिएसन र सुदूरपश्चिम स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने छ। पहिलो खेलमा गण्डकीले ३-१ सेटले पराजित गरेको थियो। सुदूरपश्चिम भने विभागीय टोली नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो।

अपरान्ह्र ४ बजे पुलिस र एपिएफ भिड्ने छन्। भने अन्तिम खेलमा हेल्प नेपाल र कर्णाली प्रदेश खेलकुद विकास बोर्ड प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको