काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक गरेको छ।

१९ जेठबाट शुरू हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई हुनेछ।

नेपाल भलिबल संघको अनुसार लिगको उद्घाटन खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्ने छन्।

यस्तै पुरुषतर्फ नै नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच खेल हुनेछ।

यसैगरी महिलातर्फ एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लब तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।

जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने लिगमा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन्। लिग चरणपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुनेछ।

लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागि छन्।

यसैगरी महिलातर्फ एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस, एपिएफ, न्यु डायमन्ड, त्रिभुवन आर्मी, कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा सहभागि टिमले संघको नियमअनुसार ३ जना विदेशी खेलाडीलाई राख्न सक्नेछन्।

प्रतियोगितामा दुवपैतर्फको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उपविजेताले नगद ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ पाउने छन्।

त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार तथा उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको