काठमाडौं । लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्सको पहिचान भएका बहुलिङ्गी व्यक्तिहरूलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्यु आईप्लस’ हुने भएको छ।

राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ।

आयोजकले प्रतियोगिताले लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ। साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ्ग क्षेत्रमा थप अवसर प्राप्त गर्ने आयोजकको भनाई छ।

प्रतियोगिताका लागि वैशाख ११ गतेदेखि नै आवेदन समेत खुला भएको छ। प्रतियोगितामा भाग लिन ईच्छुकहरुले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ नामक फेसबुक पेजमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको