काठमाडौँ । कांग्रेसको सहकारी विभागले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पूर्वआबद्ध रहेको गोरखा मिडिया नेटवर्क र ग्यालेक्सी टिभीले सर्वसाधरणको बचत अपचलन गरेको र त्यसमा लामिछाने संलग्न रहेकोबारे समाचार प्रकाशन गरेको प्रतिशोधमा कान्तिपुर मिडिया ग्रुपमाथि सरकारी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेको छ।

विभागका अध्यक्ष देवेन्द्रराज कँडेलले आज विज्ञप्ति निकाल्दै नागरिकता विवाद निरुपणको विकल्प हुँदाहुँदै आतंककारी शैलीमा गिरफ्तार गर्नु लोकतान्त्रिक व्यवस्थाप्रतिको आक्रमण भएका जनाएका छन्।

‘सुप्रिम सहकारी बुटवल, सुर्यदशर्न सहकारी पोखरा, स्वर्णलक्ष्मी सकारी काठमाडौ र साहारा सहकारी चितवनबाट ९५ करोड ८१ लाख रुपैयाँ गोरखा मिडिया नेटकवर्क प्रालिमा गैरकानुनी रुपमा लगानि भएको विषय र सोसम्बन्धी विभिन्न प्रमाणहरू आइरहेका र सरकारमा विभन्नि क्रियाकलापहरूमा परेको उजुरी र अनुसन्धान मार्फत पत्ता लगाइएका आधारहरू हेर्दा लाखौं सर्वसाधारण जनताले ती सहकारी संस्थाहरूमा खाइनखाइ जम्मा गरेको बचत निक्षेप रकम विद्यमान सहकारी ऐन र नियम विपरीत अपचलन भएको जगजाहर नै छ,’ विज्ञप्तिमा भनिएको छ।

कँडेलले सहकारी संस्थामा प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने संस्थाले आफ्ना सदस्यहरूबीच मात्रै ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्था विपरीत गोरखा मिडिया नेटवर्कले करडौं रुपैयाँ अपचलन भएकाले उक्त रकम तत्काल फिर्ता गर्न र अपचलन गर्ने सहकारी सञ्चालक, कार्यकारी प्रमुख साथै गोखरा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं कार्यकारी प्रमुखलाई तत्काल कारबाही गरी कानुनी राज्यको अनुभूति दिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको