महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि अष्ट्रेलियाको एडिलेडको मञ्चमा दर्शक माझ आउने भएको छन्।

एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित महजात्रा एडिलेड जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ।

मह जोडीको साथमा वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवलाई अविस्मरणीय साँझ बनाउनु हुने विश्वास गरिएको छ।

५-१२ उमेर समूहका लागि टिकटहरू ढोकामा उपलब्ध हुने र टिकट मूल्य ३५ डलर उल्लेख गरिएको छ। कलाकारको प्रदर्शनको क्रममा भिडियो खिच्न कडा रूपमा निषेध गरिएको जानकारी आयोजकले दिएको छ।

यसलाई ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हेरिएको छ।

दिग्गज नेपाली कलाकारहरूको प्रस्तुतिको साथ महाजात्रा एडिलेडले नेपाली सांस्कृतिक समृद्धि र हास्य प्रस्तुतिको इतिहास बनाउने एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताए।

यस इभेन्ट्सको शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस रहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर