काठमाडौँ । आर आर क्याम्पसमा प्रजातन्त्र सेनानी एवम् भाषा निभाः प्रेमबहादुर कंसाकारको १०७औँ जन्मजयन्ती जेष्ठ ५ गते शनिबार मनाइएको छ।

नेपालमा प्रजातन्त्रको पुनर्बहालीमा अतुलनीय योगदानका साथै भाषा र साहित्य, संस्कृति सम्पदाको संरक्षण सम्बद्र्वनमा आफ्नो जीवन अर्पण गरेको स्मरण गरिएको थियो।

जन्मजयन्ती मनाउनुको उद्वेश्य बारेमा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष प्रशान्त डंगोलले समाजसेवामा अग्रसरताका लागि यस कार्यक्रमको आयोजना गरेको जनाउँदै स्वागत मन्तव्य राख्नु भएको थियो। उहाँले नेपाल भाषाको क्षेत्रमा महत्वपूर्ण पुस्तकहरू प्रकाशनमा जोडदिनु भयो।

कायक्रममा अतिथि लोककवि राजभाई जःकमिले भाषा निभाः र प्रेम बहादुर कंसाकार’ नामक कविता वाचन गर्नु भएको थियो।

कार्यक्रमका विशेष अतिथी नेपाल भाषाका साहित्यकार दिब्य ताम्राकारले भाषानिभाः प्रेम बहादुर कंसाकारले भाषा, साहित्य, सम्पदा, संस्कृति क्षेत्रमा अतुलनीय योगदान दिएको चर्चा गर्दै उनले देखाएको बाटोमा पाइला राखेमा मात्रै बास्तविक रुपमा जयन्ती मनाएको ठर्हने धारणा राखिन्।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदनसेन बज्राचार्यले ‘भाषा बाँचे जाति बाँच्ने भएकाले यस बिषयमा बडो होस् पु¥याउनु पर्नेमा जोड दिदै जाति बाँचेर भाषा नबाच्ने धारणा राख्नु भयो। प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारले भाषा, साहित्य, संस्कृति व सम्पदाको सवालमा मोहित भएको क्रान्तिकारी राजनीतिक एवम् बहुआयामिक व्यक्तित्व भएको जनाउनु भयो।

प्रेम बहादुर कंसाकारको जयन्तीलाई निरन्तरता दिएकोमा सुकुण्डा साहित्य पाःलामा सकृय भई रहेका प्रशान्त डंगोल र रिदेन महर्जनले योगदान दिर्इ रहनु भएको छ, जस्तो सुकै परिस्थितिमा पनि निरन्तरता दिदै रहनेमा आशा गरेको जनाउँदै प्रेमबहादुर कंसारकारको योगदान नेपाल सरकारले मात्र नभई नेवार समुदायले समेत भुलेकोमा खेद प्रकट गर्नु भयो। उहाँले जहाँनिय राणा शासनमा भारतको पटनामा उहाँले स्थापना गरेको च्वसा पासाः ताला मारिरहेकोप्रति ध्यानार्कषण गराए।

कार्यक्रमका संयोजक एवम् सुकुण्डा साहित्य पाःलाःका सचिव रिदेन महर्जनले नेपालभाषा अभियान्ताहरुले क्याम्पसमा नेपालभाषा पुनः स्थापना गर्नमा धेरै संघर्ष गर्नुपरेको जनाउँदै क्याम्पसमा नेपालभाषा विद्यार्थी बढाउने पर्ने सवालमा सबैले दायित्व बहन गर्नुपर्नेमा जोड दिदैँ कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई आभारी प्रकट गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर