काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ। मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो।

१ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ। कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो। सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० विन्दुमा पुग्दा १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो।

यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो। मंगलबार विकास बैंक र व्यापारबाहेक सबै उपसमूह बढेको छ। फाइनान्स उपसमूह सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ । जलविद्युत २.१६, वाणिज्य बैंक १.७७, लघुवित्त १.४७ प्रतिशतले बढेको छ।

१९४ कम्पनीको सेयरमूल्य बढ्दा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। मध्यभोटेकोसी जलविद्युत, हिमालयन लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त पनि सर्किटस्तरमा बढेका छन्।

४३ कम्पनीको सेयरमूल्य घट्दा शाइन रेसुंगा विकास बैंक ४.२५ र भगवती हाइड्रोपावर ३.१९ प्रतिशतले घटेका छन्। ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

पोखरा फाइनान्सको सर्वाधिक २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको १२ करोड ९९ लाख, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख, माउन्टेन इनर्जीको १० करोड ४१ लाख, सिंगटी हाइड्रको १० करोड १० लाख रुपैयाको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर