काठमाडौं : उच्च अदालत पाटनबाट क्रिकेटर सन्दीप लामिछानेपछि अर्का हाइप्राेफाइल व्यापारी सुशील चटाैलले सफाइ पाएका छन् । केहि दिन अघि जिल्ला अदालतबाट दाेषी ठहर लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएकाे थियाे । लामिछानेमाथि गाैशाला २६ माथि जवर्जस्ती करणीकाे अभियाेग थियाे। उच्चले सन्दीपमाथिकाे जिल्लाकाे फैसला उल्टाइदिएकाे थियाे । चटाैतकाे पनि जिल्ला अदालतकाे फैसला उल्टिएकाे छ ।
उच्च अदालत पाटनले अनुसन्धानकै क्रममा ‘होस्टायल’ बनाइएको नाबालिक बलात्कारको मुद्दामा जिल्ला अदालतको फैसला उल्टाएर व्यापारी सुशील चटौतलाई सफाइ दिएको छ। जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले अन्य व्यक्तिले जाहेरी दिएकाे भन्दै सफाइ दिएकाे हाे ।
०७८ सालमा आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई ३८ वर्षीय चटौतले ३ वर्षदेखि बलात्कार गरेको अभियोग लागेको थियो। जिल्ला अदालत, ललितपुरले चटौतलाई २०७९ चैतमा १८ वर्ष १ महीना कैद र ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। चटाैत कांग्रेस सांसद, पूर्वमन्त्री उमेश श्रेष्ठका व्यापारिक साझेदार हुन् ।





