काठमाडौँ । युएईविरुद्धको हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो २८ सदस्यीय टोली घोषणा गरेको जानकारी दिएको छ।

नेपालले यहिँ जेठ २४ गते दशरथ रंगशालामा युएईको सामना गर्ने रहेको थियो। तर, रंगशालाको मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी)ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ।

नेपाली टोली
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको