काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार छ। परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बन्द भएको छ।

७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ।

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन र लघुवित्तबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। निर्जीवन बीमा २.६४ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह १.४९ प्रतिशतले बढेका छन्।

१२७ कम्पनीको सेयरमूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ। ७ कम्पनीकाने सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा सांग्रिला विकास बैंक छ। उक्त बैंकको १० करोड ५ लाखको सेयर किनबेच भएको छ। पोखरा फाइनान्स ८ करोड ६ लाख, सोनाुिर मिनरल्स ७ करोड ७१ लाख र शिवम् सिमेन्ट ७ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आइतबार सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे। उन्नति सहकार्य लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्सलगायत बढ्नेको सूचीमा छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको