गायक रवि ओड प्रहरी नियन्त्रणमा छन्। वैवाहिक बलात्कारको आरोल लागेका गयक ओडले बिहीबार इलाका प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही आरोपमा ओडले आत्मसमर्पण गरेका हुन्।
ओडलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। त्यसका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ।
नेपाल आइडल सिजन-२ का विजेता ओडविरुद्ध जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।



