
काठमाडौं : नेपाल विद्यार्थी संघले पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरूकाे मागमा ऐक्यबद्धता जनाएकाे छ । नेविसंघका प्रवक्ता सुरज सेजुवालले पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरू अनसन बसिरहेकाेस्थलमै पुगेर ऐक्यबद्धता जनाए ।
२०८१ वैशाख १८ गते देखि कानुन प्रदत्त अधिकारको रक्षा एवं नेपाल सरकारसँग भएको ३ बुँदे सम्झौता कार्यान्वयनका लागि अनसनरत छन् । ` पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको कानून प्रदत्त हक अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार बनाेस् । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू पटकपटक सडक आन्दोलनमा उत्रिनु पर्ने बाध्यात्मक परिस्थिति सधैँका लागि अन्त्य हुनुपर्छ, ´ प्रवक्ता सेजुवालले भने ।
वैशाख १८ गते देखि रत्नपार्क स्थित शान्ति बाटिकामा कानुन प्रदत्त अधिकारको रक्षा एवम् नेपाल सरकार सँग भएको ३ बुँदे सम्झौता कार्यान्वयनका गर्न अनशन जारी छ ।