काठमाडौं : नेपाल विद्यार्थी संघले विद्यार्थीलाई गाेली हान्नेलाई कारवाही गर्न माग गरेकाे छ । संघका अध्ययक दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै गाेली हान्नेलाई कारवाही र गैरकानुनी हतियारकाे नियमन गर्न माग गरेका हुन् ।
शुक्रबार झापाकाे दमकमा परिक्षा दिएर फर्कँदै गरेका बेला उदयपुरकी एनिका गजमेरमाथि गाेली प्रहार भएकाे थियाे । साे घटनाकाे भत्सर्ना गर्दै नेविसंघले शान्तिसुरक्षामा प्रश्न उठेकाे भन्दै सरकारकाे ध्यानाकर्षण समेत गराएकाे छ ।
हेर्नुस् नेविसंघको विज्ञप्ति