
काठमाडौं :नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य रहेका सेजेवाललाई अध्यक्ष दुजाङ शेर्पाले आज प्रवक्ताकाे जिम्मेवारी ताेकेका हुन् ।
सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन। २०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाई समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दुर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक भएको, नेविसंघ ११औँ महाधिवेशन २०७२, मा महाधिवेशन प्रतिनिधि, नेपाल ल क्याम्पसमा २०७३ सालमा स्ववियु सभापतिको रुपमा प्रत्यासी, नेपाल ल क्याम्पसको नेविसंघ ईकाई सभापतिको रुपमा २०७५ साल देखि २०७९ साल सम्म सक्रिय रहे । २०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ “कानुनी शिक्षा सुधार अभियान” को संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गरेको, २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय थिए ।
विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रि.वि कानुन संकायबाट स्नातकाेत्तर गरेका छन् ।