काठमाडौं : नेपालकी मुना अधिकारी अल्फाजुलु एड्भोकेटको महिना उत्कृष्ट स्वयंसेवक घोषणा भएकी छन् । अल्फाजुलु एड्भोकेटले प्रत्येक महिना राम्रो र उत्कृष्ट काम गर्ने स्वयंसेवक लाई सम्मान गर्दै आइरहेको छ । सो क्रममा नेपालकातर्फबाट मुना अधिकारीलाई मार्च अप्रिल २०२४ को उत्कृष्ट अन्तर्राष्ट्रिय स्वयंसेवकको रूपमा घोषणा गरिएको हो ।
अल्फाजुलुकी संस्थापक निर्देशक एवं अधिवक्ता एलिजाबेथ एम मुलार्डले अधिकारीलाई उत्कृष्ट घोषणा गर्न पाउँदा खुशी लागेको बताइन् । नेपालका लागि अल्फाजुलुका निर्देशक आशिष शर्माले भने, ‘दोस्रो नेपाल एसडीजी नगेट आवरको लागि सक्रिय रूपमा वक्ताहरू परिचालन, कार्यक्रमको प्रतिबेदन, डकुमेन्टेसन आदि मार्फत मुनाजीले प्रदर्शन गर्नुभएको प्रशंसनीय सेवा, सहयोग र समर्थनको लागि धन्यवाद दिन चाहान्छु र भाबी दिनमा अझै धेरै साथ र सहयोगकोपनि अपेक्षा छ ।’
उत्कृष्ट अन्तर्राष्ट्रिय स्वयंसेवकको रुपमासम्मानित हुनपाउँदा एकदम गौरवान्वित महसुस भएको मुना अधिकारीले प्रतिक्रिया दिइन् ।
दिगो बिकास लक्ष्य २०३० बिश्वको मात्र नभई नेपालको पनि लक्ष्य रहेको छ । जबसम्म दिगो बिकासका १७वटै लक्ष्यमा सोचेअनुसार उपलब्धि हासिल गर्नसकिँदैन, तबसम्म समुन्नत समाज निर्माणको परिकल्पना गर्नुअर्थपूर्ण हुन्न । तसर्थ यो बिश्वब्यापी मुद्दालाई सफल पार्न नेपालमा पनि विभिन्न व्यक्ति,संघ, संस्था, र अभियान चलिरहेका छन् । नेपालकालागि अल्फाजुलु एड्भोकेटले पनि काम गरिरहेको छ । ‘यो समूहमा आवद्ध हुनपाउदाँ एकदम खुसी छु, यो कार्यक्रममा आवद्ध भएदेखि दिगो बिकास लक्ष्यको बारेमाअझ गहिरो ज्ञान भएकोछ,’ अधिकारीले भनिन् ।



