निर्वाण चाैधरी

वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरुमा फैलिदै गएको छ । हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।

अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रिय नेपाली    स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं।

( चाैधरीकाे एक्सबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर