काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो–बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँसदाउरा गर्न सघाउने।’
कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन । फेसबुक, टिकटक खुबै चहार्थिन । अरुको भिडियो र फोटो देखेर आफू पनि त्यस्तै बन्ने परिकल्पना गर्थिन् । विस्तारै उनले त्यही सिक्दै गइन । टिकटक एकाउन्ट खोलिन र भिडियो अपलोड गर्न थालिन् ।
प्रयोगकर्ता सबैले चर्चित कलाकार र सेलिब्रेटीहरुले लिप्सिङ र गीतमा आधारित भएर टिकटकमा भिडियो बनाउँथे । तर गाउँले जीवन बिताइरहेकी पवी गाउँले परिवेश र मौलिकतामा रमाइरहेकी थिइन । त्यसै क्रममा उनले सुदूरपश्चिमको पहाडी जिल्लामा बोलिने ‘ठेट’ डोटेली भाषामा आफैं बोलेर टिकटक बनाउन थालिन् । मौलिक डोटेली भाषा र बोल्ने शैली टिकटकमा यति धेरै चर्चित भयो कि उनको गाउँले जीवन विस्तारै फरकतिर मोडियो । टिकटकको भिडियोले कला क्षेत्रका सेलिब्रेटीहरुको मन तान्यो । जसका कारण छोटो समयमै उनी कला क्षेत्रमा प्रवेश गर्ने अवसर पाइन् । उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौंमाझ परिचित गराइन् । ‘टिकटक स्टार’का रुपमा चिनिएपछि मिस पवीलाई काठमाडौंबाट म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा अफर आउन थालेको सुनाउँछिन ।
‘अहिलेसम्म ४० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु । केही विज्ञापनमा पनि काम गरिरहेकी छु र ठूलो फिल्मको नि अफर आएको छ,’ उनले भनिन् ।
सपना थियो ‘सेफ’ बन्ने तर मोडियो बाटो
टिकटकमा छाउने मिस पवी अहिले टेलिभिजनको पर्दामा देखिन थालेकी छन् । उनले अभिनय गरेका भिडियोहरु ठूलो पर्दा गुञ्जिन्छन् । ‘ठ्याक्कै कति म्युजिक भिडियोमा काम गरें भनेर काउन्ट गरेको छैन । तर ४० भन्दा बढी त पुग्यो होला,’ उनले भनिन । चर्चित हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ लगायतका चर्चित धारावाहिक नाटकहरुमा काम गरिसकेको उनले सुनाइन ।
उनको सपना थियो होटल म्यानेजमेन्ट पढेर ‘सेफ’ बन्ने । तर, अहिले त्यो सपना मानसपटलबाट हराएको उनको अनुभव छ । मनोरञ्जनका लागि गाउँबेसी गर्दा टिकटक बनाइरहने उनले एक दिन आफ्नी आमासँग भनिन्, ‘ए मम्मी मेरा त हिट्टा हिट्टा खुट्टा थगिगया भन्या ब..’ उनले आमालाई जिस्क््याउँदै बनाएको टिकटकलाई लाखौंले मन पराइदिए । जसको उत्प्रेरणाले अरु गाउँले परिवेश र लवजमा भिडियोहरु बनाएर अपलोड गर्न थालिन ।
विस्तारै उनी टिकटक स्टारको रुपमा परिचित हुन थालिन । उनलाई काठमाडौंबाट म्युजिक भिडियोका अफर आउन थाले । तर उनलाई गाउँलेहरुसँग लड्नपर्ने चुनौती थपियो । ‘नेपालमा पनि यस्तो भाषा बोलिन्छ र ?,’ ‘कुन ठाउँको भाषा हो नि यो ?’ भनेर कमेन्ट आउथें । उनले बनाउने भिडियोमा उनी सबैलाई रिप्लाई दिन्थिन सुदूरपश्चिमको डोटेली भाषा हो भनेर । सुरुमा टिकटक बनाइरहँदा गाउँका मान्छेहरुले अपाच्य आलोचना गर्ने गरेका थिए । उनले भनिन् ‘सुरु सुरुमा त खुब नराम्रो भन्ने गर्थे । फलानीको छोरी खत्तम भइ, बिग्रिएर सकिए भन्थे । अहिले छोरी होस् त पवी जस्तो होस् भन्छन् । यसो भन्दा गर्र्व लाग्छ ।’ कुनै बेला आफूलाई टिकटकर भन्दा चित्त दुख्ने भएपनि अहिले आफूलाई गर्व गर्छिन् । उनी भन्छिन्, ‘पहिले पहिले मान्छेहरुले टिकटके भन्थे । अनि चित्त दुख्थ्यो । म मात्र टिकटकबाट कला क्षेत्रमा प्रवेश गरेको होइन् नि । अहिले जसरी यो क्षेत्रमा आए एकदमै गर्व लाग्छ ।’
‘सिने क्षेत्रमा थरी थरीका मान्छेहरु भेटिने रहेछन्’
मिस पवीलाई मोबाइलको क्यामरामा टिकटक बनाउनु र ठुला क्यामराको अगाडि अभिनय गर्नुमा खासै फरक लाग्दैन । कला क्षेत्रमा छोटो समयमै चर्चा कमाएकी र धेरै डिमाण्ड भएकी उनी निर्देशकको ह्यारेसमेन्टबाट बच्नुपर्ने चुनौती देख्छिन् । हालै एक पोडकास्टमा भनेको कुरा सम्झिँदै उनी भन्छिन्, ‘यो सामाजिक दुनियाँमा अनेक थरीका मान्छेहरु हुनेहरु रहेछन् । अनुभव गर्दै, सिक्दै र सचेत भएर अघि बढिरहेको छु ।’
मिस पवीसँग विभिन्नखाले अनुभवहरु छन् । एक जनाले आफूलाई सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्न खोजेको अनुभव पनि छ । ‘मैले यो कुरा हालै एक पोडकास्टमा भनेको थिएँ, त्यो एकदम भाइरल भयो । धेरैले नराम्रो तरिकाले पनि बुझिदिनुभयो । त्यो मान्छे�
