काठमाडौं : जीबी राई नेतृत्वमा रहेका सहकारीबाट ठगिएकाहरूले आफूहरूलाई भुलभुलैयामा पार्न खाेजिएकाे भन्दै सरकारसँग असन्तुष्टि जनाएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालककाे सम्पत्ति जफत गरेर बचतकर्ताकाे रकम फिर्ता गर्ने गरि गरेकाे प्रस्तावलाई पीडितहरूले आफूहरूलाई अलमलाउने प्रयास भएकाे बताएका छन् । सरकारले वचतकर्ताकाे रकम फिर्ता दिलाउन तदारूकता नदेखाएकाे बरू दाेषी उम्काउन नयाँ नयाँ उपाय निकाल्न खाेजिरहेकाे आशंका पनि व्यक्त गरेका छन् ।

सहारा बचत पीडित समितिका संयाेजक शालिकराम दुवाडी, सुप्रिम सहकारी पीडित संघर्ष समिति संयाेजक विजयकुमार नेपाल र सुर्यदर्शन पीडित संघर्ष समितिका संयाेजक किरण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारकातर्फबाट पीडितलाई भुलभुलैयामा पार्ने प्रयास भइरहेकाे भन्दै आपत्ति जनाएका छन् । ` हामीलाई फेरि भुलभुलैयामा पारेर अल्मलाउन खाेजिएकाे छ । हामी पीडितलाई आश्वासन देखाएर सहकारी ठगी गर्ने र हाम्राे पसिनाकाे पैसामा मस्ती गर्नेहरूलाई उम्काउने र ढाकछाेप गर्ने कुनै बाटाे नहाेस्,´ संयुक्त विज्ञप्तिमा भनिएकाे छ, `यस्ताे भयाे भने पीडितकाे घाउमा थप पीडा थपिनेछ । अत:टालटुले आश्वासन हाेइन तत्काल हाम्राे रकमकाे सुरक्षा र फिर्ता अनि गैरकानुनी रकम लिने र दिनेलाई हदैसम्म कारवाही हाेस् ।´

सहकारी पीडितहरूले आफूले दिएकाे उजुरीकाे सुनुवाई नगरेकाे , राज्यकाे गृहप्रशासनले अनावश्यक दुख दिई मनाेवैज्ञानिक रूपमा हताेत्साही गरेकाे पनि बताएका छन् । सुप्रिम, सहारा र सुर्यदर्शन सहकारीकाे कराेडाैं रकम जीबी राई अध्यक्ष र गृहमन्त्री रवि लामिछाने महाप्रबन्धक रहेकाे गाेरखा मिडिया नेटवर्क प्रालिमा लगिए पछि सहकारीमा वचतकर्ताकाे रकम संकटमा परेकाे थियाे ।

हेर्नुस् विज्ञप्ति –

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको