
काठमाडौं : गणेशमान सिंह ठकुरीले एकैपटक २० ट्याब्लेट प्यारासिटामोल खाएकाे पाइएकाे छ । राताेपाटी डट कममा प्रकाशित खबरअनुसार उनले एकैपटक अत्याधिक प्यारासिटामाेल खाएका हुन् । तर, उनले साथीहरूलाई भने आफूले विष सेवन गरेकाे बताएका थिए ।
प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमानले `ओैषधी´ खाएकाे भिडियाे सार्वजनिक गरेका थिए । जसमा सत्यता नभएकाे भन्दै साइबर ब्युराेले खण्डन गरिसकेकाे छ ।
अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै छ । सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ । कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले रातोपाटीलाई दिएकाे जानकारी अनुसार एकैपटक अत्यधिक प्यासासिटामोल खाएकाे देखिएकाे छ । प्यारासिटामाेल ओैषधी भएपनि अत्याधिक सेवन गर्दा भने त्यसले विषकै काम गर्ने र मानिसकाे ज्यानै जानसक्ने चिकित्सकहरू बताउँछन् ।