काठमाडौँ। साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको हो।

जितका लागि १२० लक्ष्य पाएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनायो।

यूएईका अलिशान शराफुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

विष्णु सुकुमारन २८, सैय्यद हैदर १४ र मोहम्मद वासिम ११ रनमा आउट हुँदा आयान अफजल खान २ रनमा अविजित रहे।

नेपालका गुल्शनकुमार झाले सर्वाधिक २ विकेट लिए।

सोमपाल कामी र ललितनारायण राजवंशीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको