काठमाडौँ। अल हिलाल एएफसी च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा अल ऐनसँग पराजित भएको छ।

हज्जा बिन जायद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा घरेलु टोली ऐनले हिलाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

ऐनको जितमा सुफियान रहिमीले ह्याट्रिक गरे। यस्तै, काकुको नाममा १ गोल रह्यो। हिलालका माल्कम र अल डावसरीले १/१ गोल गरे।

सुफियानले खेलको छैटौँ, २६औँ र ३८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। यस्तै, काकुले ५६औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।

माल्कमले ४९ र डावसरीले ७८औँ मिनेटमा गोल गरेपनि हिलाललाई हारबाट जोगाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको