लामोसाँघु। सिन्धुपाल्चोक जिल्ला लिग छनोट अन्तर्ग मंगलबार भएको खेलमा सुनखानी युवा क्लब र गाती युथ क्लब विजयी भएका छन्।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा मंगलबार बिहान सम्पन्न पहिलो खेलमा सुनखानी युवा क्लबले लिसंखुपाखर युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

दोस्रो तथा दिनको अन्तिम खेलमा गाती युथ क्लले क्लबले मितेरीयुवा क्लबलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यस्तै, बुधबार २ खेल हुँदै छ। बिहान ८:३० बजे हुने खेलमा सिन्धुपाल्चोक फुटबल क्लब र सुनकोशी स्पोर्ट्स क्लबीचको हुने छ भने अर्को खेलमा दिउँसो ३:३० बजे सुनखानी युवा क्लबले शिखर युवा क्लबको सामना गर्नेछ।

सोमाबार बाट सुरु भएको यस प्रतियोगिता आगामी बैशाख १ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेता र उपविजेता २०८१ मा आयोजना हुने जिल्ला लिगमा छनोट हुनेछ।

यस्तै, जिल्ला लिग आगामी बैशाख १२ देखि २२ गतेसम्म सञ्चालन हुने छ। जिल्ला लिगमा श्री कालिका, त्रिशक्ति, श्री राइजिङ, बाह्रदेवी, धार्पा, साँगाचोक, न्यू सदाबहार, प्याराडाइज, न्यू जेनेरेसन र लामोसाँघु युवा क्लबले सहभागिता जनाउने छन्।

यस्तै,चौतारा रिपोर्टिङ क्लब, सुनौलो बिहानी, योङ जेनेरेसन युवा क्लबले पनि सहभागिता जनाउने छन्। यस प्रतियोगिताको पुछारमा रहने टोलीले अर्को वर्ष छनोट खेल्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको