काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईमाथि प्रश्न उठाएका छन् ।
काठमाडौंमा साेमबार आयाेजित एक कार्यक्रममा बाेल्दै उनले
वाइडबडी र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका राईलाई अनुसन्धानको दायरामा ल्याउनमाग गरे ।

विभिन्न मुद्धासँग जोडिएको व्यक्तिले अरुमाथि कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छ भन्दै राणाले राईमाथि प्रश्न उठाए ।
‘वाइडबडीमा तत्कालीन पर्यटन मन्त्रालयको सचिवको हैसियतमा उनको संलग्नता छ भनेर लेखा समिति मातहतको उपसमितिले प्रष्ट उल्लेख गरेको थियो, अनि आज उनै अख्तियार प्रमुखको रुपमा सोहि घटनामा आफूलाई चोख्याएर अरुलाई दोषी करार गर्दैछन् । यो कस्तो न्याय हो ?’ नेता राणाले प्रश्न गरे, ‘भुटानी शरणार्थी प्रकरणमा पनि उनको नाम जोडिएको छ । यो घटनाका मुख्य अभियुक्तहरुले उनलाई पैसा दिएको बयान दिएका छन् । तर उनलाई छानविनको दायरामै ल्याइदैन किन ?’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको