काठमाडौँ । हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामार्फत अध्यक्षमा नरेन्द्र महर्जन विजयी भएका छन्।

काठमाडौँमा शनिवार राति अबेर सम्पन्न मतदानमा कुल एक सय ५२ मत खसेको थियो। आइतबार विहान घोषणा गरिएको नतिजा अनुसार अध्यक्षमा महर्जनले एक सय ४ मत, प्रतिद्वन्द्वी कुवेर शर्माले ४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्तिप्रियले जानकारी दिए। उहाँका अनुसार दुई मत बदर भएको थियो।

तीन वर्षका लागि सत्र सदस्यको कार्यसमिति निर्वाचित भएको र पहिलो वैठकले आवश्यकता अनुसार पद बाँडफाँड गर्ने उनले जानकारी दिए। सदस्यमा करण श्रेष्ठ, प्रज्वल शमशेर जबरा, देवेन्द्र खड्की, छविराज ओझा, गोपालकाजि कायस्थ, ओम जैशी, कपिल द्वा, सुरेन्द्र थापा, आशिष तामाङ, दिप्रश शाक्य लगायत विजयी भएका छन्। अध्यक्ष महर्जन प्रदर्शकसँगै चलचित्र निर्माता तथा वितरक समेत हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको