काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको छ।
आयरल्यान्डले दिएको २२३ रनको पछाएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो। नेपाल २१ रनले पराजित भएकाे हाे।
हारसँगै आयरल्यान्डले सिरिजमा १-० को अग्रता लिएको छ।
नेपालका लागि बमले ५६ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १०६ रनको शतकीय ईनिङ खेले। बमले नेपाल ए को ईतिहासमा नै पहिलो शतक बनाएका बमले ५२ बलमा ८ चौका र ८ छक्काको सहयोगमा पूरा गरे।
बम र शेखले चौथो विकेटका लागि १२१ रनको सानदार साझेदारी गरे।
आरिफ शेखले २६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४९ रनको ईनिङ खेले। कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएका थिए।
आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन बनाए। कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए। केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए।
स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए। गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए। डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए।
नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १र१ विकेट लिए।



