काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित झोछेंमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० भव्यताका साथ सम्पन्न भएको छ।

२०८० साल फाल्गुन २५ गते शुक्रवार बज्र कला कुन्ज र प्रचिन स्मारक संरक्षण अध्ययन समाजको संयुक्त आयोजना सञ्चालन भएको उक्त मेलामा ११ देशका ३०० भन्दा बढि कलाकारहरुले आ-आफ्नो मौलिक सांस्कृति झल्किने खलका प्रस्तुतिहरु दिएका थिए।

कार्यक्रम संयोजक सुदन मान मुनिकार भन्छन् यस मेलाको मुख्य उद्देश्य आफ्नो मौलिक कला संस्कृतिको संरक्षण, प्रवर्धन, पुस्तान्तरण तथा विश्वभरिका संस्कृतिहरुलाई एक आपसमा समन्वय गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउनु हो।

मेलामा अस्ट्रेलिया, बेल्जियम, बोत्सवाना, जर्मनि, नेपाल, इंडिया, इंडोनेसिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र इस्टोनियन गरि जम्मा ११ ओटा देशका कलाकारहरुले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको